५ आश्विन २०८१, शनिबार

सबै भन्दा ठूलो लोकतान्त्रिक देश भारतका प्रधानमन्त्री प्रेस स्वतन्त्रताको लुटेरा समूहमा

प्रकाशित मिति :  7 July, 2021 6:34 pm


काठमाडौ । सबै भन्दा ठूलो लोकतान्त्रिक देशको रूपमा परिचित भारतका प्रधानमन्त्री प्रेस स्वतन्त्रताको लुटेराको सूचीमा सामेल भएका छन् ।
रिपोटर्स विदाउट बान्ड्रिजले विश्वका नेताहरूमा प्रेस स्वतन्त्रता लुट्ने नेताहरूको सूचीमा भारतका प्रधानमन्त्री मोदी २२औं नम्बरमा परेका छन् ।

३७ जनाको यो सूचीमा पहिलो नाम इजिप्टका अब्देल फतह अल सिस्सी रहेका छन् भने अन्तिम नाम युगान्डाका योभेरी मुसेवेनी रहेको छ ।
नामको पहिलो वर्णको वर्णानुक्रम अनुसार यो सूचीमा अन्य नेताहरूको नाम रहेको छ ।

सो सूचीमा बाँकी अन्य नेताहरूमा बेलारुसका अलेग्जेन्डर लुकान्सेन्को, इरानका अली खमेनेई, सिरियाका बसर अल असद, हङकङकी क्यारी ल्याम, निकारागुवाका डेनियल आर्टेगा, ताजिकिस्तानका इमोमली रखमान, श्रीलंकाका गोताबाया राजापाक्षा, तुर्कमेनिस्तानका गुबंगुली बर्डीमाखम्मेदोवm बहराइनका हमिद बिन इसा अल खलिफा, कम्बोडियाका हुन सेन, अजरबइजानका इलहम अलिएभ, पाकिस्तानका इमरान खान, दजिबाउतीका इस्माइल ओमर गुएल्लेह, इरिट्रियाका इस्सायस अफवर्फी, ब्राजिलका जैर बोल्सोनारो, उत्तर कोििरयाका किम जोङ उनm सिंगापुरका लि सिएन लुङ, क्युबाका मिगुएल डायज कनेल, म्यानमारका मिन आङ लायङ, साउदी अरबका मोहम्मद बिन सलमाान, भिएतनामका एन्गुएन फु ट्रोङ , भेनेजुएलाका निकोलस मदुरो, क्यामरुनका पालबिया, रुवान्डाका पाल कागामे, थाइल्यान्डका प्रायुत चान ओ चा, रुसका रमजान क्यादिरोभ, टर्कीका रेसेप तैइप एड्रोगन , फिलिपिन्सका रोड्रिगो दुर्तेते, दक्षिण ,हंगरीका भिक्टर आर्बन, चीनका सी चिनफिङ रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !