६ माघ २०८१, आइतबार

युनियन लाइफ इन्स्योरेन्सको आइपीओ विक्री खुल्ला, कहिले सम्म दिने आवेदन ?

प्रकाशित मिति :  8 July, 2021 11:59 am


काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर आइपीओ बिहीबार आजबाट निष्काशन तथा विक्री खुल्ला गरेको छ ।

कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ आजबाट निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

कम्पनीले उक्त आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

यो आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा ३२ हजार २५० कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् ।

आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट र सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।

युनियन लाइफको आईपीओ निष्कासन बन्द छिटोमा असार २८ गते र ढिलोमा साउन ७ गते बैंकिङ समयपछि हुने भनिएको छ ।



प्रतिक्रिया दिनुहोस !