५ आश्विन २०८१, शनिबार

झगडालु पत्नीका कारण दक्षिण कोरियाका लागि बेल्जियमका राजदूत फिर्ता बोलाइए

प्रकाशित मिति :  8 July, 2021 1:14 pm


काठमाडौ। दक्षिण कोरियाका लाागि बेल्जियमका राजदूतकी पत्नीले स्थानीयसँग झगडा गर्ने गरेको पाइएकोले राजदूतलाई फिर्ता बोलाइएको छ ।

यो साताको सुरुमा राजदूतकी पत्नीले सडक सफा पार्नेसँग झगडा गरेको पाइयो । दक्षिण कोरियाका स्थानीयसँग यो उनको दोस्रो झगडा भएको पाइएको छ ।

यो झगडा पछि बेल्जियमको विदेशमन्त्रालयले आपत्कालीनरूपमा राजदूतलाई फिर्ता बोलाएको हो ।

विदेशमन्त्री सोफि विलमेसले यो दोस्रा झगडा भएकाोले राजदूत पिटर लेसकहरले बिना कुनै ढिलाई बेल्जियम फर्किनुपर्ने बताए ।

बेल्जियमले दक्षिण कोरियासँग राम्रो सम्बन्ध बनाएर राख्न चाहेको हो ।

सोमबार सोलको एक पार्कमा सडक सफा गर्नेसँग राजदूतकी पत्नी लड्न थालेकी थिइन् ।

सफाइ कर्मचारीले राजदूत पत्नीलाई पछाडिदिए पछि अधिकारीहरूले उनलाई अस्पताल लगेका थिए ।

सफाइ गर्ने कुच्चो शरीरमा छोएकामा दुवै पक्ष बिच विवाद भइ झगडा हुन थालेको हो । सफाइ कर्मचारीले प्रहरी चौकीमा गएर राजदूत पत्नीले आफूलाई चड्कन हानेको भनी ऊजुरी दिन गएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !