५ आश्विन २०८१, शनिबार

डब्लुएचओद्वारा कोरोनाको नयाँ औषधि सिफारिस, व्यापक अनुसन्धान गरिएको दाबी

प्रकाशित मिति :  8 July, 2021 1:41 pm


जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस उपचारका लागि नयाँ औषधि सिफारिस गरेको छ ।

डब्लुएचओले इन्टरलेउकिन—६’ औषधि सिफारिस गरेको हो । विभिन्न परीक्षणबाट कोरोना भाइरसविरुद्ध उपचारका लागि यो निकै प्रभावकारी पुष्टि भएकाले ‘इन्टरलेउकिन—६’ प्रयोग गर्न सकिने डब्लुचएओले जनाएको छ ।

सम्बन्धि विभिन्न अध्ययन तथा विश्लेषणले कोरोना भाइरसविरुद्ध यो औषधि उपयोगी हुने निष्कर्ष निकालेको डब्लुएचओका अधिकारीहरुले बताएका छन् । डब्लुएचओले गत मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा यो औषधिका बारेमा धेरै ठूलो अध्ययन गरिएको जानकारी दिइएको थियो ।

“कोरोना भाइरसका कारण गम्भीर अवस्थामा रहेका बिरामीलाई पनि यसले सन्चो बनाएको छ । यसले विषेश गरेर प्रतिरक्षा शक्ति बढाउने काम गर्नेछ । यो धेरै प्रभावकारी पनि भएको देखिएको छ,” डब्लुएचओका एक उच्च अधिकारीले पत्रकार सम्मेलनमा भने ।रासस–सिन्ह्वा
एयकत



प्रतिक्रिया दिनुहोस !