५ आश्विन २०८१, शनिबार

वैश्विक हवाई यात्राको माग ६३ प्रतिशतले गिरावट

प्रकाशित मिति :  8 July, 2021 2:40 pm


काठमाडौ । कोरोनाभाइरसका कारण वैश्विक हवाई यात्राको मागमा ६३ प्रतिशतले गिरावट आएको छ ।

अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए)ले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार सन् २०१९को तुलनामा सन् २०२१को मे महिनामा ६३ प्रतिशतले गिरावट आएको छ ।

आईएटीएले यो वर्षको अप्रिलको तुलनामा मे महिनाको अवस्थामा केही सुधार देखिएको जनाएको छ ।अप्रिलको तुलनामा २.५ प्रतिशतको वृद्धि देखियो ।

हवाई सेवा उद्योगसम्बन्धी सो निकायले यात्रा बन्देजले यो सेवा व्यवसायलाई समस्यामा पारेको छ ।

आईएटीएका महानिर्देशक विल्ली वाल्सले अन्तर्राष्ट्रि बजारमा सकारात्क प्रभाव खुलााउन पहल भइरहेको बताए ।

चीन र रुसको हवाई यातायात संकटपूर्वको अवस्थामा ल्याउन याताया सञ्चालनमा सकारात्मक पहल गरेको आईएटीएले जनाएको छ । भारत र जापानमा सन् २०१९को अवस्थामा ल्याउन त्यहाँ कोभिड संक्रमणको अवस्थाले हवाई यातायातको अवस्था राम्रो नभएको देखिको छ ।



प्रतिक्रिया दिनुहोस !