५ आश्विन २०८१, शनिबार

कोरोनाको दोस्रो लहरले मोदीको लोकप्रियता घटायो

प्रकाशित मिति :  8 July, 2021 4:52 pm


काठमाडौ । कोरोनाको दोस्रो लहरले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियतालाई घटाएको छ ।

विश्वका १३ नेताहरूको सूचीमा उनको लोकप्रियता स्तर शीर्षबाट ढलेको छ ।

जुन २९मा मोदी दोस्रो स्थानमा झरेका छन् । मोर्निङ कनसल्टले सार्वजनिक गरेको लोकप्रियता रेटिङका परिणाम अनुसाार मोदीको ठाउँमा मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज अब्राडर उक्लिएका हुन् ।

मोदीको लोकप्रियतामा १४ प्रतिशतले ह्रास आएर दोस्रोमा झरेका छन् भने मेक्सिकोका राष्ट्रपतिले १३ प्रतिशतको वृद्धि पाएर शीर्षस्थानमा उक्लिएका हुन् । गत मार्चको तुलनामा १४ प्रतिशतको ह्रास आएको हो ।

कोरोना महामारीको व्यवस्थापन गर्न नसकेको कारण उनको लोकप्रियतामा ह्रास आएको हो ।साथै उनले अख्तियार गरेको अधिनायकवादी शैलीले पनि लोकप्रियताम ह्रास ल्याएका कतिपयको आलोचकहरूको भनाइ रहेको छ ।

विश्वका १३ नेताहरू मध्ये ६ जनालाई ऋणत्मक रेटिङ प्राप्त भएको छ ।

मोदी, बाइडन, बोरिस जनसन, जैर बोल्सोनारो, इम्मानुएल म्याक्रोन र योशिहिदे सुगालाई ऋणात्मक लोकप्रियता प्राप्त भएको छ ।

 



प्रतिक्रिया दिनुहोस !