७ आश्विन २०८१, सोमबार

जेलबाट रिहा भएका आदर्शसहितका नेता कार्यकर्तालाई नेकपा बाजुराको स्वागत

प्रकाशित मिति :  8 July, 2021 9:53 pm


बाजुरा । नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि वली ‘आदर्श’सहित १२ जना नेता तथा कार्यकर्तालाई नेकपा बाजुराले स्वागत गरेको छ ।

सर्वोच्च अदालतको आदेशबाट झन्डै २० महिनापछि बाजुरा कारागारबाट रिहा भएका उनीहरूलाई आज बाजुराको सदरमुकाम मार्तडीमा भव्य स्वागत गरिएको हो ।
रिहा भएका नेता कार्यकर्ताको स्वागतमा सांस्कृतिक झाँकीसहित र्‍याली निकालिएको थियो । र्‍यालीले बजारका विभिन्न ठाउँमा परिक्रमा गरि कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रममा पूर्व सभासद, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज डबल बहादुर शाहले रिहा भएका आदर्शसहितका नेतालाई स्वागत गरेका थिए ।

उनले जेल पनि एउटा क्रान्तिको पाटो भएको बताउदै दलाल सत्ताले लगाएको झुट्टा मुद्दाले क्रान्तिकारीहरुलाई झनै स्पातिलो बनाउने बताए । शाहीले भने,“जेलको मोर्चा पनि एउटा क्रान्तिको पाटो नै हो, उहाहरुले जितेर आउनुभएको छ, सबैलाई खुल्ला आकाशमा स्वागत गर्दछौ ।”

कार्यक्रममा जेलमुक्त भएका केन्द्रीय सदस्य वलीले नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय कार्यालय, सबै पार्टी पंक्तिका नेता तथा कार्यकर्ता, बाजुरा जिल्ला कमिटी, वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोखरेल र कान्तिराम ढुङ्गाना, बाजुराका पूर्ण रावत, हर्क खडायत लगाए आफुहरूलाई रिहा गर्न सहयोग गर्ने सबै वकिल समर्थक, शुभचिन्तक, र आम जनसमुदायलाई धन्यबाद दिएका थिए ।

उनले आफ्नो पार्टीले राम्रो काम गरेको देख्न नसकेर दलाल व्यवस्थामा चुर्लुम्म डुबेकाहरुले षड्यन्त्र गरेर आफुहरुलाई जुत्ता मुद्दा लगाएर कारागार समेत पुराएको बताए ।

उनले भने, “हामी जेल, हिरासत जानु भनेको हाम्रो पार्टी प्रति जनाता आकर्षित भएर हो, हाम्रो पार्टीले राम्रो काम गरेपछि आत्तलिएकाहरुले यस्तो कदम चालेका हुन्,हामी भ्रष्टचारि, दलालहरुको भण्डाफोर गर्दै हिड्यौ , उनीहरुलाई त्यो मन परेन, प्रतिबन्ध लगाए, जेल हिरासत पुर्याए, तर हामी गलत प्रवृतिका बिरुद्ध बोल्न र लड्न छोडेका छैनौ र छोफ्नेवाला पनि छैनौ ।”

 



प्रतिक्रिया दिनुहोस !