७ आश्विन २०८१, सोमबार

प्रधानमन्त्री ओलीद्वारा सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको अवलोकन, पुनर्निर्माणलाई तिब्रता दिइने

प्रकाशित मिति :  10 July, 2021 3:20 pm


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरोले क्षति पुराएको मेलम्चीबजार लगायत क्षेत्रको पुनर्निर्माणको कामलाई तिब्रता दिने बताएका छन् ।

बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकनका लागि आज सिन्धुपाल्चोक पुगेका प्रधानमन्त्री ओलीले पुनर्निर्माणको चरण सुरु भएको भन्दै यसलाई तिब्रताका साथ अगाडि बढाउने बताए ।

उनले भने,“हामी पुननिर्माणको चरणमा छौं, पुननिर्माणको कामलाई तिब्रताका साथ अगाडि बढाउछौं ।”

थप राहतको आवश्यकता परे स्थानीय तह, स्थानीय प्रशासनलाई आग्रह गर्न भने । प्रधानमन्त्री ओलीले घर भत्किएका, बाढीले बगाएकाका परिवारलाई ५० हजार रुपैयाँका दरले तत्काल सहयोग उपलब्ध गराउने र आवश्यकता अनुसार जस्तापाता दिने घोषणा गरे ।

उनले भने,“ जसको घर बगेको छ,भत्केको छ उनीहरूलाई तत्कालै ५० हजार रुपैयाँ नगद र आवश्कता अनुसार जस्तापाता उपलब्ध हुन्छ, जस्तापाता मागेको भन्दा बढी नै हामीले उपलब्ध गराउने भनेका छौं ।”

उनले पुननिर्माण गर्दा अबका दिनमा जनधनको क्षति नहुने गरि मिलाउन आग्रह गरे । प्रधानमन्त्री ओलीले भने,“ हाम्रा वस्ती,हाम्रा बजार, सुरक्षित वस्तीमा नै बढाउनुपर्छ । इन्जिनियरलाई सुझाव छ, पुननिर्माण गर्दा पहिरो नजाने ठाउँमा वस्ती निर्माण गरौं, नदी थुनिएर भत्किएर आउँदा सखाप नहोस् ।”

असार १ गते आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची बजार पुरेको थियो भने, हेलम्बु, पाँचपोखरी क्षेत्रमा पनि ठूलो क्षति पुराएको थियो । प्रधानमन्त्री ओलीले मन्त्री तथा सरकारका उच्च पदस्थ अधिकारीसहित प्रभावित क्षेत्रको आज भ्रमण गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !