१८ पुस २०८१, बिहिबार

देशभरको मौसमको अवस्था यस्तो छ, सचेत रहन आग्रह

प्रकाशित मिति :  11 July, 2021 7:11 am


काठमाडौं । बागमती , गण्डकी , लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी/धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी/धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले सचेत गराएको छ ।

महाशाखाले भनेको छ, “पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहाव को जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।”



प्रतिक्रिया दिनुहोस !