५ आश्विन २०८१, शनिबार

भारतीय वैज्ञानिकले फेला पारे अन्टार्टिका महादेशमा नयाँ काई प्रजाति

प्रकाशित मिति :  11 July, 2021 8:14 am


नयाँ दिल्ली । भारतीय वैज्ञानिकहरुको एक समुहले अन्टार्टिका माहादेशमा नयाँ काई प्रजाति फेला पारेका छन् ।

भारतको पञ्जाबस्थित वैज्ञानिकहरुको एक समुहले अन्टार्टिका माहादेशमा नयाँ काई प्रजाति फेला पारेका हुन् । वैज्ञानिकहरुले उक्त काई प्रजातिलाई ब्र्युम भारतीन्सीसको नाम दिएका छन् । भारती नामले पनि चिनिने देवी सरस्वतिको सम्मानमा उक्त काई प्रजातिलाई ब्र्युम भारतीन्सीसको नाम दिइएको वैज्ञानिकहरु बताउँछन् । यधपी, भारतको अन्टार्टिका स्थित भारती नामको स्टेसन पनि स्थापना छ ।

वैज्ञानिकहरुको समुहले काई प्रजातिको अन्वेषणबारे एक जर्नलमा उल्लेख गरेका छन् । सन् १९८१ मा अन्टार्टिका स्थित वैज्ञानिक मिसन शुरु गरेको भारतको यो पहिलो र एक मात्र वनस्पति प्रजातिको अन्वेषण हो । अन्टार्टिका माहादेशमा भारतले सन् १९८४ मा पहिलो स्टेसन दक्षिण गंगोत्री स्थापना गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !