आरविवि म्युचुअल फण्ड–१ को इकाईमा आवेदन दिने आज अन्तिम दिन
प्रकाशित मिति : 11 July, 2021 1:07 pm
काठमाडौं । आरविवि म्युचुअल फण्डको इकाई खरिदका लागि आवेदन दिने असार २७ गते आइतबार आज अन्तिम दिन रहेको छ । कम्पनीले असार २३ गते बुधवारदेखि विक्री खुल्ला गरेको इकाईमा मागभन्दा बढी आवेदन परेकाले छिटो वन्द गर्न लागेको हो ।
यस फण्डले आरविवि म्युचुअल फण्ड–१ सञ्चालनका लागि यस फण्डले ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासन गरेको हो । योजना सञ्चालनका लागि कुल १० करोड इकाई विक्री गर्नुपर्नेमा फण्डले १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक राष्ट्रिय वाणिज्य बैंकको लागि र योजना व्यवस्थापक आरविवि मर्चेण्ट बैंकिङ्कको लागि सुरक्षित गरेको छ ।
इकाई विक्री प्रबन्धकमा पनि आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।