७ आश्विन २०८१, सोमबार

विप्लव नेतृत्व नेकपाका नेता केसी भन्छन्,‘सरकारले सहमति कार्यान्वयन नगरे प्रतिरोध गर्छौं’

प्रकाशित मिति :  11 July, 2021 7:47 pm


अर्घाखाँची । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य पदम केसीले सरकारले सहमति कार्यान्वयन नगरे प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

वार्ता भएको लामो समय वितिसक्दा पनि आफ्ना नेता कार्यकर्तालाई रिहा नगरेर सहमति कार्यान्वय नगरेको नेता केसीको भनाई थियो ।

जनपत्रकार सगठन नेपाल अर्घाखाँचीको दोश्रो बैठकलाई आज अर्घखाँचीको सदरमुकाम सन्धिखर्कमा सम्वोधन गदै नेता केसीले भने,“ वर्तमान सरकारले नेपाल कम्युनिस्ट पार्टीसँग गरेको सहमति कार्यान्वयन गरेको छैन ।

हाम्रा नेता कार्यकर्तालाई हिरासतमा मानवीय नाता र कुनै समवेदना नरहेगरि यातना दिने काम भएको छ, हामीले इमान्दरीपूर्वक सरसरसँग भएको ३ बुँदे सहमति कार्यान्वयन गरेका र्छौं सरकार तर्फबाट उल्लंघन गरे त्यसको जवाफदेही स्वयम् सरकार हुनुपर्ने छ ।”

अर्घाखाँचीका सेक्रेटरी खेम घर्तीले सरकारले आफूहरूसँग गरेको सहमतिप्रति पूर्ण जवाफदेही हुनुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस !