उपत्यकामा ४३३ सहित देशभर २४७० जना कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा २ हजार ३ सय ७० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७ सय ८९ पीसीआर परीक्षण गर्दा १ हजार ६ सय ९० र ३ हजार ८ सय ९५ को एन्टिजेन परीक्षण गर्दा ६८० गरी २ हजार ३ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ भने देशभर हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ४ सय पुगेको छ ।
देभरका विभिन्न अस्पतालबाट १ हजार १३३ जना निको भएर डिस्चार्ज भएका छन् भने हालसम्म देशभर संक्रमण मुक्त हुनेको संख्या ६ लाख २१ हजार २७ जना रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
हाल सम्म देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ५७ हजार १३९ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर २६ हजार ७१२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २३ हजार ९४७ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७६५ संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५४९ जनाको आईसीयू र १६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
काठमाडौं उपत्यकामा ४३३ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये ४३३ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका २८९, ललितपुरका ९० र भक्तपुरका ५४ जना संक्रमित छन् ।
मन्त्रालयको तथ्यांकअनुसार प्रदेश १ मा ४४७, प्रदेश २ मा ४८ तथा बागमती प्रदेशमा ७१८ जना संक्रमित थपिएका छन् । यस्तै गण्डकीमा २८६, लुम्बिनीमा १५५, कर्णालीमा १२ र सुदूरपश्चिम प्रदेशमा २४ जना संक्रमित थपिएका छन् ।