१२ मंसिर २०८१, बुधबार

बंगलादेशको आइएफआईसी बैंकले नेपाल बंगलादेश बैंकको सेयर विक्री गर्ने

प्रकाशित मिति :  13 July, 2021 3:17 pm


काठमाडौं । आइएफआईसी बैंकले नेपाल बंगलादेश बैंकको सम्पुर्ण सेयर विक्री गरेर बाहिरिने भएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले आइएफआईसी बैंकको तीन करोड ६८ लाख २७ हजार ४२६ कित्ता र आर्थिक वर्ष २०७७/७८ मा प्राप्त हुने बोनस सेयर सहितको संस्थापक सेयर विक्रीका लागि बोलकबोल आह्वान गर्ने निर्णय गरेको छ ।

आइएफआईसी सँग भएको संयुक्त लगानी सम्बन्धी सम्झौता बमोजिम बक्रीमा रहेको संस्थापक सेयरहरु खरिद गर्ने पहिलो हक विध्यमान अन्य संस्थापक सेयरधनीहरुको हुने भएकोले नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रही उपरोक्त सेयरहरु बिक्री गर्न बैंकका सम्पूर्ण संस्थापक सेयरधनीको जानकारीका लागि ३५ दिने सूंचना प्रकासित गर्ने निर्णय भएको बैंकले जनाएको छ ।

सोहि सूचनाका आधारमा अवको ३५ दिन भित्रमा विध्यमान संस्थापकहरुले खरिद गर्न चाहेको रकमको उपलब्धताको पुस्ट्याई हुने कागजात समेत संलग्न गर्नु पर्नेछ ।

सोहि अवधि भित्र कसैको निवेदन प्राप्त नभएमा पर्याप्त निवेदन प्राप्त नभएमा वा प्राप्त निवेदनहरु उक्त व्यवस्था बमोजिम फिट एण्ड प्रपर टेष्टबाट अयोग्य देखिएमा वा प्राप्त विवरणहरु पूर्ण नभई फिट एण्ड प्रपर टेष्ट गर्न नसकिएमा नियमअनुसार अन्य व्यक्ति वा संस्थालाई उपरोक्त सेयरहरु बिक्री गर्न आवश्यक कारबाही अघि बढाइने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !