७ आश्विन २०८१, सोमबार

साझा प्रतिबद्धता गरी माओवादी केन्द्र सरकारमा जाने बारे छलफल

प्रकाशित मिति :  13 July, 2021 5:24 pm


काठमाडौ ।नेकपा माओवादी केन्द्रले सरकार बनाउने गठबन्धनबाट साझा प्रतिबद्धता गरी सरकारमा जानुपर्ने विषयमा छलफल गरेको छ ।

छलफलमा शीर्ष नेताहरु सम्मिलित एक उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर जाने प्रस्ताव पनि गरिएको थियो ।

पेरिसडाँडा पार्टी कार्यालयमा मंगलबार माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा सहभागी नेताहरुले संयन्त्र गठनमा जोड दिए ।

तर तत्कालै संयन्त्र बनाएर जाने विषयको सम्भावना नभएपनि तत्काल साझा प्रतिबद्धता तय गरी सरकारमा सामेल हुने विषयमा सहभागीहरूको छलफल केन्द्रित थियो ।

सरकारमा गएका मन्त्रीहरुलाई नेतृत्व गर्न पार्टीमा छुट्टै संयन्त्र बनाउनुपर्नेमा केही पार्टी नेताहरूको माग थियो ।

उनीहरूले पार्टीबाट सरकारमा गएका रामबहादुर थापा बादलहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेर पार्टीलाई क्षतिपु¥याएको र त्यसबाट अनुभव लिएर दोहरिन नदिन संयन्त्रको विकास गर्नुपर्ने ती नेताहरू कथन थियो ।

संयन्त्र बनाएर जाने अवस्था नभएपनि सरकारको न्यूनतम नीति तथा कार्यक्रम बनाउनुपर्ने र त्यो तत्काल सम्वभ नभए साझा प्रतिवद्धता ल्याउनुपर्ने माओवादी नेताहरूको भनाइ रहेको सहभागी एक नेताले जनाए ।

पार्टी अध्यक्ष प्रचण्डले यो विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुराकानी गर्ने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !