७ आश्विन २०८१, सोमबार

विज्ञप्तिले फरक नपर्ने वकिलले भनेपछि देउवा शीतल निवासमा

प्रकाशित मिति :  13 July, 2021 7:08 pm


काठमाडौ । विज्ञप्तिको भाषाले फरक नपर्ने वकिलले भनेपछि नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा शपथका लागि शीतलनिवास पुगेका छन् ।

राष्ट्रपतिले जारी गरेको विज्ञप्तिबारे सामाजिक सञ्जालमा विवाद भएपछि देउवा ढिला गरी शीतलनिवास पुगेका हुन् ।

देउवाले मुख्यसचिवलाई राष्ट्रपतिको विज्ञप्ति नसच्चिएसम्म शपथ ग्रहण नगर्ने भनेपछि उत्पन्न विवादले साँझ ६ बजेको निर्धारित समयमा ढिलाइ भएको हो ।

देउवाले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !