कोरोना विरुद्ध खोप लगाउनेको लाइन (फोटोफिचर)
काठमाडौंको सोह्रखुट्टे स्थित पिपुल्स डेन्टल अस्पतालमा कोरोना विरुद्धको खोप लगाउनको भीड लागेको छ । सरकारले हिजो देखि ५५ वर्ष माथिका व्यक्तिहरुलाई हिजो देखि चिनियाँ खोप भेरोसेल लगाउन सुरु गरेको छ ।
काठमाडौं ललितपुर र भक्तपुरका विभिन्न खोप केन्द्रबाट भेरोसेल खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज खोप लगाउने दोस्रो दिन पनि हरेक खोप केन्द्रमा पालो कुरेर घण्टौं लाइन बसेका छन् ।
सोह्रखुट्टे स्थित पिपुल्स डेन्टल अस्पतालमा लाइनमा बसेकी एक महिलाले भनिन् विहान साढे नौ बजे देखि लाइन बसेको अझै २ घण्टा पालो आउला जस्तो छैन खै खोप पनि सकियो भन्दै छन् रे । भोक र थकानले कमजोर देखिएकी उनी निराश बनेकी थिइन् ।
वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका ५५ वर्षभन्दा माथिका नागरिकलाई आजदेखि पहिलो मात्रा खोप लगाइँदै छ । सरकारले चीनबाट खरिद गरेको ४० लाखमध्ये पहिलो चरणमा ८ लाख खोप ल्याएको थियो ।
उक्त खोप तीन प्रदेशका ५५ वर्षमाथिका नागरिक, सार्वजनिक यातायातका चालक र सहचालक, विश्वविद्यालय र विद्यालयका शिक्षकरकर्मचारीलाई खोप दिन लागिएको हो ।