७ आश्विन २०८१, सोमबार

उर्जामन्त्री भुसालले कर्मचारीलाई भनिन्,‘काम गर्न सरल छु, मिलेर गरौं’

प्रकाशित मिति :  14 July, 2021 3:06 pm


काठमाडौं । नवनियुक्त उर्जामन्त्री पम्फा भुसालले आफूसँग कुनै व्यक्तिगत स्वार्थ नभएको भन्दै जनतालाई परिणाम दिने गरी मिलेर काम गर्नुपर्नेमा जोड दिएकी छन् ।

पदबहालीका क्रममा मन्त्रालयका सचिव,विभागीय प्रमुखहरू,सहसचिवहरूलाई निर्देशन दिँदै उर्जामन्त्री भुसालले भनिन्,“जनताका काम गरौं । मसँग व्यक्तिगत कुनै स्वार्थ छैन । मेरो एउटै स्वार्थ परिणाम निकाल्ने गरि काम गर्ने मात्र हो ।”

आफूले काममा कुनै पुर्वाग्रह नराख्ने भन्दै मन्त्री भुसालले परिणाममुखी काम निकाल्नुपर्ने बताईन् । उनले भनिन्,“हामीले जहिल्यै लक्ष्य राख्ने तर लक्ष्य पूरा नगर्ने हुँदै आएको छ । १/२ वटा मात्र लक्ष्य पूरा हुने गरेका छन् । यो सुधार हुनुपर्छ ।”

अहिले लोडसेडिङबारे प्रश्न उठिरहेको भन्दै यसबारे सचेत रहन आग्रह गरिन् । बिजुली बत्ती बाल्नै नपाउनेहरूकोमा चाँडो पुराउनुपर्नेमा मन्त्री भुसालको जोड थियो । नेपाल कृषि प्रधान देश भनिए पनि सिचाईको समस्या ठूलो रहेको भन्दै सबै कृषियोग्य ठाउँमा १२ महिना नै सिचाइँ पुराउने गरी लाग्नुपर्नेमा जोड दिइन् ।

अहिले बाढि पहिरो र भुक्षय बढेको उल्लेख गर्दै मन्त्री भुसालले भनिन्,“हामीले हाम्रो जिम्मेवारी पूरा गरेर विभिन्न निकायसँग समन्वय गरेर यसको रोकथाम तथा नियन्त्रणमा सक्दो कदम चाल्नुपर्छ ।”



प्रतिक्रिया दिनुहोस !