१८ पुस २०८१, बिहिबार

रोल्पाको त्रिवेणीमा खानेपानीको मुहाननै उपभोक्ता समितिको नाममा दर्ता गरिदने तयारी

प्रकाशित मिति :  15 July, 2021 7:44 am


रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकाले खानेपानीको मुहान नै उपभोक्ता समितिलाई दर्ता गरिदिने आसयसहितको सार्वजनिक सूचना निकालेको छ ।

गाउँपालिकाले खानेपानीको मुहान नै दर्ता गर्न आसयसहिचको सूचना जारी गर्दै हकदाबीका लागि ३५ दिने सूचना निकालेको हो ।

सूचना अनुसार गाउँपालिकाको वडा नं. ४ स्थिति निगालपानीमा गठित जल निगालपानी आकाशेपानी लिफ्ट खानेपानी(दहखोला निगालपानी) उपभोक्ता समिति उपभोक्ता संस्थाले पूर्वमा झुईजिङ्ग,पश्चिममा पोखरी, उत्तरमा चक्री खोला र दक्षिणमा लामपोखरा चार किल्ला भित्र रहेको दहखोलाको महानको अनुमतिपत्र/मुहान दर्ता प्रमाणपत्र पाउँ भनेर निवेदन दिएको छ ।

जल उपभोक्ता संस्थाका अध्यक्ष गंगाप्रसाद घर्तीले निवेदन दिएको भन्दै गाउँपालिकाले उजुरीका लागि आव्हान गरेको छ ।

गाउँपालिकाले भनेको छ,“कुनै बाधा व्यवधान भएमा समय फरक नपर्ने गरी प्रमाणसहित यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र यस कार्यालयमा उजुरी गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।”

तोकिएको समयसीमाभित्र कुनै दाबी विरोध पर्न नआए नियम अनुसार उक्त संस्थाको नाममा मुहानको श्रोत उपयोग अनुमति/ मुहान दर्ता प्रमाणपत्र जारी गर्ने भनेको छ । विगतमा सहमतिमा मुहानको पानी प्रयोग गर्ने प्रचलन भएपनि त्रिवेणी गाउँपालिकाले मुहनै उपभोक्ता समितिको नाममा दर्ता गर्ने तयारी गरेको हो ।



प्रतिक्रिया दिनुहोस !