१८ पुस २०८१, बिहिबार

विप्लव नेतृत्व नेकपाको सचिवालय बैठक सम्पन्न,सबै राजनीतिक दलसँग छलफल अगाडि बढाउने निर्णय

प्रकाशित मिति :  15 July, 2021 8:36 am


काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सबै राजनीतिक दलसँग छलफल र सम्वाद अगाडि बढाउने निर्णय गरेको छ ।

हिजो बसेको केन्द्रीय सचिवालय बैठकले पछिलो विकसित राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै सबै राजनीतिक शक्तिहरुसंग सम्बाद र छलफललाई तिब्रता दिने निर्णय गरेको हो ।

बैठकमा केपी ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमति वर्तमान सरकारले पनि स्विकार्नु पर्ने र कार्यान्वयन गर्नुपर्ने बिषयमा जोड दिएको नेकपा निकट स्रोतले जनाएको छ । बैठकले कोभिडबिरुद्धको खोप सबै नागरिकलाई तत्काल उपलब्ध गराउनु पर्ने , कोभिड संक्रमितको उपचार निशुल्क र सर्वसुलभ गराउनु पर्ने , स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई तत्काल जोखिमभत्ता उपलब्ध गराउनु पर्ने माग सरकारसमक्ष प्रस्तुत गर्ने निर्णय गरेको छ।

यस्तै बैठकले जनपरिचालन र जनजागरण अभियान सञ्चालन गर्ने , जनसरोकार जनजीविकाको विषयमा जनप्रदर्शन र संघर्ष गर्ने निर्णय गरेको छ। सचिवालय बैठकले इन्धनमा भएको मुल्यवृद्धि , महंगी, भ्रष्टाचार, शैक्षिक – स्वास्थ्य समस्यालागायत सुकुम्बासीमाथि भएका ज्यादती , जातीयविभेद र छुवाछुत , महिलाहिंसा र बलात्कारलगायतका बिषयलाई लिएर संघर्स गर्ने निर्णय गरेको नेकपा स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !