७ आश्विन २०८१, सोमबार

प्रतिनिधि सभा बैठक साउन ३ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिस

प्रकाशित मिति :  15 July, 2021 3:44 pm


फाइल फोटो

काठमाडौं । सरकारले प्रतिनिधि सभा बैठक साउन ३ गतेका लागि बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गते बोलाउन राष्ट्रपतिलाई सिफारिस गरिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । जेठ ७ गते तत्कालीन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् ।

तर सर्वोच्च अदालतले संसद पुनस्र्थापनाको फैसला सुनाउँदै साउन ३ गतेभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको थियो ।



प्रतिक्रिया दिनुहोस !