५ आश्विन २०८१, शनिबार

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताले भारतको कास्मिर दुखाइ बढ्ने भारतीय सुरक्षा अधिकारीहरूको चिन्ता

प्रकाशित मिति :  15 July, 2021 4:06 pm


काठमाडौ । अमेरिकी नेतृत्वको नेटो गठबन्धन सेना अफगानिस्तानबाट फिर्ता भइरहँदा भारतलाई कास्मिरको टाउको दुखाइ बढ्ने चिन्तालाई सताउने भएको छ ।

भारतका सुरक्षा संस्थापन पक्षलाई अफगानिस्तानमा तलिबानले शक्ति बढाइरहँदा यो चिन्ता थपिदिएको छ ।

कास्मिरको अवस्था झन खराब हुने चिन्ता भारतको रक्षा संस्थापनलाई छ । पश्चिमा सेना त्यहाँबाट फिर्ता भए तलिबानका हिंसात्मक आतंक कास्मिरमा बढ्न सक्ने रक्षा अधिकारीहरूको स्रोतलाई उल्लेख गरी भारतको द प्रिन्टले समाचार बनाएको छ ।

भारतीय रक्षा अधिकारीहरूका अनुसार सोभियत संघले अफगानिस्तानबाट सन् १९८८–८९मा सेना फिर्ता गरेपछि कास्मिरमा मुजाहिद्दीनहरूको लडाइँ पाकिस्तान र अफगानिस्तानबाट मात्रै होइन अन्यदेशहरूबाट पनि कास्मिरमा बढेको देखापरेको थियो ।

प्रभावशाली आतंकवादी समूहको रूपमा चिनिएको जैस ए मोहम्मदका क्याडरहरू अफगानिस्तानमा तलिबान र हक्कानी सञ्जालसँग मिलेर लडाइँ लडिरहेको भारती सुरक्षा अधिकारीहरूको बुझाइ छ ।

जैस ए मोहम्मदले कास्मिरमा सक्रिmय भइ केही प्रमुख आक्रमण भारतमा गराएका छन् । तिनमा पुलवामाको आत्मघाती आक्रमण भारतीय सुरक्षाकमी सीपीआरएफको लस्करमा गराएको थियो ।

तलिबानका विभिन्न समूहहरू रहेका छन् ।उनीहरू मध्ये कतिपय आफै कास्मिर तर्फ आउन सक्छन् ।

तालिबानमा कतिपय पैसाका लागि लडाइँ लडिरहेका छन् ।

पाकिस्तानले कास्मिर तर्फ पठाउन सक्ने आशंकालाई बिर्सन नसक्ने भारतका सुरक्षा अधिकारीहरूको भनाइ रहेको छ ।



प्रतिक्रिया दिनुहोस !