५ आश्विन २०८१, शनिबार

५० वर्ष अघि एसियाबाट अमेरिका लगिएको ‘कार्प’ माछाको नाम किन फेरियो ?

प्रकाशित मिति :  15 July, 2021 6:36 pm


काठमाडौ । एसियामा पाइने ‘कार्प’माछाको समूहलाई एसियन कार्प भन्ने गरिन्छ । ५० वर्ष अघि सन् १९७०को दशकमा एसियाली किसानहरूले चीनबाट एसियन कार्प अमेरिका लगेका थिए ।

त्यतिखेर लगिएको एसियन कार्पको नाम विस्तारै बदलिन थाल्यो । अमेरिकामा यसलाई ‘इनभेसिभ कार्प’ नाम दिइयो । नश्लवादीहरूको आवाज बलियो नहोस भन्ने चिन्ताका कारण यो नाम दिइएको थियो ।

मिनेसोटाका निकायहरूलाई सन् २०१४मा एसियन कार्पलाई इनभेसिभ कार्प भन्न आदेश दिइयो ।यसको मौलिक नामबाट उत्पन्न हुने संवेदनशीलताबारे राजनीतिज्ञहरूले सवाल उठाएपछि यो आदेश दिइएको थियो ।

त्यसको केही वर्ष पछि अन्य अमेरिकी राज्य र संगठनहरूले यसको नाम फेर्न सुरु गरेका छन् ।

एपी समाचार संस्थाका अनुसार अमेरिकाको माछा तथा वन्यजन्तु सेवाले अप्रिलदेखि एसियन कार्पलाई इन्भेसिभ कार्प भन्न सुरु गरेको थियो ।एसियन कार्प रिजनल कोर्डिनेटिङ कमिटीले अगस्ट २मा यसको नाम परिवर्तन गर्न लागेको हो ।

अमेरिकामा एसियन कार्पका चार प्रजाति पाइन्छ । ग्रास कार्प, सिल्भर कार्प, बिगहेड कार्प र ब्ल्याक कार्प रहेका छन् ।

अमेरिकाको माछा तथा वन्यजन्तु सेवा ग्रेटलेक्सका क्षेत्रीय निर्देशक चार्ली उलीले अमेरिकामा एसिया विरोधी घृणात्मक भावनाको आक्रमण निरन्तर भइरहेकोले यसको नामबाट नकारात्मक भाव नझल्कियोस भनेर नाम फेरिएको बताइन् ।

युनिभर्सिटी अफ टोलेडोमा वातावरण विज्ञानका सहप्राध्यापक सोङ कियानले नाम फेरिएको विषयबारे सतर्क गराएका छन् ।

“तपाईले यसलाई आक्रमणकारी(इन्भेसिभ) भन्नु हुन्छ भने यो खराब हुन्छ र यसलाई निर्मूल पार्न खोजिन्छ, साथै यसले गलत सम्प्रेषण हुन्छ त्यसैले सांस्कृतिक असंवेदनशीलताका विषयमाा कुरो चलाउनुपर्छ ।”

 



प्रतिक्रिया दिनुहोस !