६ माघ २०८१, आइतबार

आक्रमक बजार बिस्तारमा सुदूरपश्चिमको ग्वालेक ग्रुप,आउँदो वर्ष सात कम्पनीमार्फत तेब्बर कारोबारको लक्ष्य

प्रकाशित मिति :  15 July, 2021 7:20 pm


कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको ग्वालेक ग्रुपले आक्रमक बजार बिस्तार गर्ने घोषणा गरेको छ ।

कञ्चनपुरको महेन्द्रनगरमा आज नयाँ उत्पादन ‘लिम्पिया ह्विस्की’को शुभारम्भ कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ को व्यावसायिक कारोबारको विवरण र तिरिएको कर तथा अन्य राजश्व समेत सार्वजनिक गर्दै ग्वालेक ग्रुपले आक्रमक बजार विस्तारको घोषणा गरेको हो ।

ग्रुपले कोरोना कहरकाबीच पनि आर्थिक वर्ष २०७७/२०७८ मा १ सय ६० करोड रुपैयाँको कारबोबार गर्दै ५७ करोड रुपैयाँ कर तथा अन्य राजश्व बुझाएको विवरण सार्वजनिक गरेको छ । नयाँ आर्थिक वर्षमा वार्षिक कारोबार ४४० करोडको कारोबारको लक्ष्य राख्दै १ सय ५८ करोड रुपैयाँ कर बुझाउने अनुमान गरेको ग्रुपका अध्यक्ष पीताम्बर जोशीले जानकारी लिए ।

ग्वालेक ग्रुप अन्तर्गत सात वटा कम्पनी रहेका छन् । जसमा उत्पादनमूलक तथा आयात निर्यात, व्यापारमूलक र सेवामूलक कम्पनीका रुपमा क्रियाशील छन् । अध्यक्ष जोशीले भने,“ ग्वालेक ग्रुप आजको सबल अवस्थामा आउनुमा मेरो दाजु जगदीश जोशीको अभिभावकत्व सहितको मार्गदर्शन, हाम्रा कर्मचारीहरूको अथक मेहनत र साथको नतिजा हो ।”

ग्वालेक ग्रुपसँग चालू आर्थिक वर्षमा नेपाल भरी ५३ वटा डिलर रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा ११० वटा डिलर पुराउने लक्ष्य राखिएको ग्रुप सिइओ अनिमेशकुमार मिश्रले जानकारी दिए ।

ग्रुप अन्तर्गत ५५० कर्मचारी रहेकोमा आउने आर्थिक वर्षमा १ हजार पुराउने लक्ष्य रहेको उनको भनाई छ । सिइओ मिश्रले भने,“कर्मचारी भनेको कम्पनीका सम्पत्ति हुन् भन्ने मान्यताकासाथ अगाडि बढीरहेको ग्वालेक ग्रुपले कर्मचारीको मेहनत लगनशीलता दृढता नै आजको सफलता हो भन्ने ठान्दछ ।”

नयाँ उत्पादन ‘लिम्पिया’ सार्वजनिक गर्दै ग्वालेक ग्रुपका अध्यक्ष पीताम्बर जोशी, सिइओ अनिमेशकुमार मिश्र, बिक्री तथा बजार प्रमुख चक्र बोहोरा लगायत

ग्वालेक ग्रुप सुदूरपश्चिमा प्रतिष्ठित कम्पनी बन्दै गएको छ । सिइओ मिश्रले देशभर कम्पनीको सञ्चाल विस्तार भइसकेको र अब यसलाई थप सुदृढ बनाउने बताए ।

चीनमा कार्यालय

ग्वालेक ग्रुपले चीनको जोनसोन ग्वाउनझीमा कार्यालय स्थापना गरेको छ । कार्यालय मार्फत कृषि, उत्पादन, उपकरण तथा अन्य सामाग्रीका लागि नेपालका व्यवसायीहरुसँग समन्वय गरेर सिधै खरिदको वातावरण बनाउने र समन्वय गर्ने सिइओ मिश्रको भनाई छ । ग्वालेक ग्रुप अन्तर्गत अमृत डिष्टिलरी बेभरेज उत्पादनको सुदूरपश्चिमकै पहिलो एकल स्वामित्वको स्वदेशी लगानी हो ।

नयाँ उत्पादन ‘लिम्पिया ह्विस्की’ सार्वजनिक

कोरोना संक्रमणको लहर कम भएलगत्तै ग्वालेक ग्रुपले लिम्पिया ह्विस्की बजारमा ल्याएको छ । महेन्द्रनगरमा एक कार्यक्रम गरेर आज लिम्पिया ह्विस्की सार्वजनिक गरेको हो ।

लिम्पिया ह्विस्की ८ वर्ष र केहि मात्रामा १२ वर्ष पुरानो ब्रिटिस ह्विस्की स्कौच युक्त भएको कम्पनीले जनाएको छ । लिम्पिया ग्वालेक ग्रुप अन्तर्गतको अमृत डिस्टिलरीकोको उत्पादन हो ।

कम्पनीले भनेको छ,“यसलाई दुईवटा आईस क्युव मात्र प्रयोग गरेर पनि सहज स्वाद सहित सेवन गर्न मिल्छ । बजारमा ७५०,३७५ र १८० एमएलका बोतलमा उपलब्ध छ । लिम्पिया नेपालीबजारमा पाइने मध्ये उच्चकोटीको ह्विस्की हो ।”

लिम्पिया शुभारम्भ कार्यक्रममा बोल्दै ग्रुपका अध्यक्ष जोशीले भने,“उद्योगको क्षेत्रमा लागेपछि हामीले पनि आफ्नो योजना र उपभोक्ताको माग बमोजिम नयाँ नयाँ उत्पादनहरू बजारमा ल्याउनुपर्ने हुन्छ । यसै योजना अनुरुपको नयाँ उत्पादन अमृत डिस्टिलरीको लिम्पिया ह्वीस्कीलाई तपाईंहरुबीच प्रस्तुत गर्न पाउँदा पाउनु सौभाग्य ठानेको छु ।”

उनले लिम्पिया नेपाल सरकारले तोकेको मापदण्डका साथै विश्वस्तरमा चलेको गुणस्तरीयतामा मापदण्डलाई पनि उत्तिकै गम्भीरतापूर्वक लागू गरिएको उत्पादन भएको बताए ।



प्रतिक्रिया दिनुहोस !