५ आश्विन २०८१, शनिबार

‘ब्ल्याक लाइभ्स म्याटर’द्वारा क्युबामाथिको नाकाबन्दी हटाउन माग

प्रकाशित मिति :  16 July, 2021 1:16 pm


काठमाडौ ।नश्लवाद विरोधी न्यायको माग गर्ने समूह‘ब्लयाक लाइभ्स म्याटर’ले क्युबामाथि लगाइएको दशकौं पुरानो अमेरिकी नाकाबन्दी हटाउन माग गरेको छ ।

क्युबामा अमेरिकी समर्थित प्रदर्शनकारीले क्युबा सरकार विरूद्ध ‘खाना र खोप’को माग गरी आन्दोलन चर्काइरहेका बेला ब्ल्याक लाइभ्स म्याटर समूहले क्युबामाथि लगाइएको अमेरिकी नाकाबन्दीको भत्र्सना गर्दै त्यो हटाउन माग गरेको हो ।

क्युबाले कोरोनाभाइरस विरूद्धका दुई प्रकारको खोपको विकास गरिसकेको छ तर व्यापकरूपमा जनतालाई खोप दिनका लागि त्यहाँ नाकाबन्दीका कारण सिरिन्जसम्मको अभाव हुन थालेको छ ।

ठिक यही बेला अमेरिकी समर्थनमा त्यहाँ आन्दोलनकारीहरूले प्रदर्शन चर्काइरहेका छन् । यस्तो ब्ल्याक लाइभ्स म्याटरले नाकाबन्दी हटाउन माग गरेको हो ।

क्युबामा अमेरिकाले १९६२देखि नाकाबन्दी लगाउँदै आएको छ ।

अमेरिकी नाकाबन्दी लगाइएका बाबजुद क्युबाले शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा धेरै राम्रो प्रगति गरेकाले अमेरिकी सत्ताले क्युबालाई नस्ट गर्न खोजेको छ ।

क्युबाले आफ्ना डाक्टर र नर्सलाई विभिन्न देशमा पठाएर कोभिड–१९ विरूद्धको अभियानमा स्वास्थ्य सेवा पु¥याएका थियो । गत वर्ष कोभिड–१९ फैलिरहेका बेला क्युबाका डाक्टर र नर्सको सेवाको उँच्च प्रशंसा गरिएको थियो ।

ब्ल्याक लाइभ्स म्याटरले सो सेवाको प्रशंसा गर्दै क्युबाको नाकाबन्दी हटाउन माग गरेको हो । करिब १५ प्रतिशत क्युबालीलाई पूर्ण खोप दिइसकिएको छ ।

ब्ल्याक लाइभ्स म्याटरले अमेरिकी राष्ट्रपति जो बाइडनलाई आफ्ना पूर्व राष्ट्रपति बराक ओबामाको पदचिन्ह पछ्याउँदै क्युबासँग सम्बन्ध सुधार गरिरहन आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !