५ आश्विन २०८१, शनिबार

तेलको माग सन् २०२२मा पूर्व महामारीको स्तरमा पुग्ने तेल उत्पादक देशहरूको भनाइ

प्रकाशित मिति :  16 July, 2021 4:33 pm


काठमाडौ । पेट्रोलिययम पदार्थ निर्यात गर्ने देशहरूको संगठन ओपेक र यसका सहयोगी उत्पादकहरूले तेलको माग सन् २०२२मा पूर्व महामारीको स्तरमा पुग्ने जनाएका छन् ।

ओपक प्लसले सन्२०२१को दोस्रो अर्धवार्षिकमा दैनिक ६० लाख ब्यारल दैनिक उत्पादन बढ्ने अनुमान गरेका छन् । अर्को वर्ष यो माग पूर्व महामारीको स्तरमाा पुगिरहने ओपेक प्लसले जनाएका छन् ।

जुलाईको रिपोर्ट अनुसार तेलको वैश्विक मााग करिब ९ करोड ६६ लाख ब्यारल दैनिक उत्पादन बढ्न सक्ने देखिएको छ । अपेक्षा गरिए अनुसार ३३ लाख ब्यारले दैनिक वृद्धि भए सन्२०२२मा १० करोड ब्यारल बढी दैनिक उत्पादन हुने छ ।

यसैगरी गैर ओपेक देशले अनुमान गरे अनुसार सोही समयमा दैनिक करिब ६ करोड ३८ लाख ब्यारल दैनिक आपूर्ति हुने अनुमान गरेकाा छन् ।

क्यानाडा, नर्वे, ब्राजिल, चीन र गुइनाले वृद्धिको अनुमान गर्ने अग्रपंक्तिमा रहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !