७ आश्विन २०८१, सोमबार

देउवा भेटेपछि चिनियाँ राजदूतले एमाले नेता नेपाल भेटिन्

प्रकाशित मिति :  16 July, 2021 6:46 pm


काठमाडौ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललाई शुक्रबार भेटेकी छिन् ।

प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर नेपाललाई अनुदान सहयोगमा १६ लाख मात्रा कोरोनाको खोप दिने बताउँदै शुभकामना दिएर फर्केको केही बेरमा कोटेश्वर पुगेर एमाले नेता नेपाललाई भेटेकी हुन् ।

नेता नेपालसँग चिनियाँ राजदूतले नेपाल र चीन बिचको सम्बन्धबारे छलफल गरेकी छिन् ।

केही दिन अघि उनले नेपालका सबै राजनीतिक दलसँग चीनले सम्बन्ध बढाउन र मिलेर जान चाहेको बताएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !