५ आश्विन २०८१, शनिबार

कोरोना माहामारीपछि चीनमा साना व्यावसायहरु मारमा

प्रकाशित मिति :  17 July, 2021 8:59 am


काठमाडौं । कोभिड १९ माहामारी पछि चीनमा साना व्यावसायहरु लयमा फर्कन सकेका छैनन् । चीनमा साना व्यावसायहरु कोभिड १९ को प्रभावका कारण सहज परिस्थितिमा फर्कन सकिरहेका छैनन् ।

कोभिड १९ माहामारी पछि चीनमा साना व्यासायहरुले मुलुकको अर्थतन्त्रमा योगदान दिन नसकिरहेको अबस्था छ । अमेरिकामा जस्तै चीनमा पनि करोडौँ साना तथा मझौला निजी व्यावसायहरु सञ्चालित छन् । रेष्टुरेन्ट, पसल जस्ता साना व्यावसायहरु दैनिक अर्थतन्त्र गतिविधिका मेरुदण्ड हुन् । चीनमा यस्ता साना व्यावसायहरुले शहरी क्षेत्रमा ८० प्रतिशत रोजगारी सिर्जना गरेका छन् भने चीनको कर राजस्वमा कम्तीमा आधा हिस्सा ओगटेको बताईन्छ ।

चीनमा कोभिड माहामारी पछि ठुला व्यावसायहरुले छलांग मार्न सके पनि साना व्यावसायहरु भने पुनरुद्धार हुन सकेका छैनन् । साना व्यावसायहरुमा ग्राहकको माग कम, व्यावसाय सञ्चालन खर्च वृद्धि तथा बैंकहरुले थला परेको कम्पनीहरु माथि लगानी गर्न नचाहेको अवस्थाहरुले साना व्यावसाय मारमा परेको वाल स्ट्रिट जर्नलले बिश्लेषण गरेको छ ।



प्रतिक्रिया दिनुहोस !