७ आश्विन २०८१, सोमबार

जसपामा उपेन्द्र यादवको पक्षमा १९ संसद, ७ सांसदले छोडे ठाकुरको साथ

प्रकाशित मिति :  17 July, 2021 3:57 pm


काठमाडौं । जनतामा समाजवादी पार्टीको संसदीय दलको बैठकमा १९ सांसद सहभागि भएका छन् ।

पार्टी कार्यालय बालकुमारी ललितपुरमा बसेको बैठकमा १९ सांसद उपस्थित भएको नेता प्रदीप यादवले जानकारी दिए । महन्थ ठाकुर पक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागि भएपछि यादवको पक्षमा १२ जना मात्रै सांसद रहेका थिए ।

आजको बैठकले महन्थ ठाकुरलाई सात जनाले साथ छोडेको देखिएको छ ।

सांसद यादवले भने,“ बैठकले भोली हुने संसदको बैठकमा पार्टीले खेल्ने भूमिका बारे छलफल गरियो । आजको बैठकमा १९ जाना संघीय संसदको उपस्थिति रहेको थियो ।”



प्रतिक्रिया दिनुहोस !