७ आश्विन २०८१, सोमबार

कपिलवस्तुमा विप्लव नेतृत्व नेकपा निकट युवा संगठनका ८ जना युवा पक्राउ

प्रकाशित मिति :  17 July, 2021 6:59 pm


कपिलवस्तु । सरकारले सार्वजनिक यातायातमा गरेको भाडाबृद्धि विरुद्धमा उत्रिएका विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन नेपालका ८ जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।

भाडाबृद्धिको अनुगमन गरिरहेका युवासँगठनका ८ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । युवा संगठन नेपालको केन्द्रीय कार्यक्रम अन्तर्गत संगठनले कपिलवस्तुमा अनुगमन गर्दा प्रहरीले हस्ताक्षेप गरेको हो ।

जिल्ला अध्यक्ष बादलको नेतृत्वमा अनुगमनका लागी सार्वजनिक यातायातका कर्मचारी र यात्रुसँग कुराकानी गर्दा प्रहरीले पक्राउ गरिएको लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणले बताए ।



प्रतिक्रिया दिनुहोस !