७ आश्विन २०८१, सोमबार

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने,प्रस्ताव संसद सचिवालयमा दर्ता

प्रकाशित मिति :  18 July, 2021 10:50 am


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् ।

देउवाले विश्वासको मत लिनका लागि संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् । सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानले प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको जानकारी गराएका छन् ।

देउवाले आजै बस्ने प्रतिनिधि सभाको दोस्रो बैठकमा विश्वासको मत लिने न्यौपानेले बताए । सर्वोच्चको परमादेशपछि देउवा असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

देउवाले प्रधानमन्त्री नियुक्त भएको एक हप्ताभित्र विश्वासको मत लिन लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस !