२ कार्तिक २०८१, शुक्रबार

सहमतिकै आधारमा प्रदेशको स्थायी राजधानी टुंगो लगाउने मुख्य मन्त्री पोख्रेलको भनाई, लबिङ नर्गन महासचिव पौडेललाई सुझाव

प्रकाशित मिति :  26 January, 2020 9:36 am


रुपन्देही, १२ माघ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले सहमतिकै आधारमा प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगो लगाउने बताएका छन् ।

प्रेस संगठन नेपालको प्रदेश भेलालाई शनिबार बुटवलमा सम्वोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य समेत रहेका पोखरेलले प्रदेश राजधानी विषयमा कसैले दम्भ देखाउन आवश्यक नभएको बताए ।

‘मैले दाङ राजधानी हुनुपर्छ भनेर चुनाव लडेँ । पार्टी महासचिव विष्णु पौडेल पनि बुटवल राजधानी बनाउछु भनेर चुनाव लड्नुभयो’ उनले भने, ‘अब मेरो पनि कुनै निजी विचार छैन । महासचिवले पनि पत्रकारलाई फोन गरेर राजधानीको विषयमा लबिङ नर्गनुहोस् नबोल्नुहोस ।’
राजधानी विभाजित गर्न नभई जोड्न भएको भन्दै उनले भने, ‘सहमतिकै आधारमा प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगो लगाउछौं । पूर्व लुम्बिनी, राप्ती र भेरीको मनोविज्ञान त्यागेर साझा मनोविज्ञान बनाउन आवश्यक
छ ।’

मुख्यमन्त्री पोखरेलले गम्भीर समीक्षा बिना समाचार नलेख्न पत्रकारहरुले सुझाव समेत दिएका छन् । केन्द्रका ‘विग मिडिया हाउस’को एजेण्डालाई मोफसलका पत्रकारहरुले बोक्नुपर्ने अवस्थाले गर्दा सरकारले गरेको राम्रा कामको पनि चर्चा हुन नसकेको उनले बताए । ‘केन्द्रको टेवलमा बसेर समाचार खोज्न लगाउने, अनि तपाईंले लेख्ने ’ उनले भने, ‘स्वतन्त्र भनेपनि नजानिँदो ढंगबाट गोटी बनिरहनुभएको छ ।’



प्रतिक्रिया दिनुहोस !