७ आश्विन २०८१, सोमबार

एक्लै भएपनि देउवालाई विश्वासको मत दिने नेपालको भनाई,एमालेको निष्कर्ष,‘उहाँ बेग्लै कोर्समा हिड्न खोज्नुभयो’

प्रकाशित मिति :  18 July, 2021 2:08 pm


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफूले एक्लै भएपनि विश्वासको मत प्रधानमन्त्री शेरबहादुर देउवालाई दिने बताएका छन् ।

विहान छलफलका लागि पुगेका विघटित कार्यदलका सदस्यसँग नेता नेपालले अब आफू एक्लैले भएपनि विश्वासको मत देउवालाई दिने बताएका हुन् । आफूहरुकै कारण अहिलेको परिस्थिति बनेकाले विश्वासको मत दिने नेता नेपालको भनाई थियो ।

आजको स्थायी कमिटी बैठकमा यो जानकारी पुगेपछि ओली पक्षले नेता नेपाल बेग्लै कोर्समा हिँड्न खोजेको निष्कर्ष निकालेको छ ।

पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भने,“उहाँले एक्लै भएपनि विश्वासको मत दिने प्रष्ट पार्नुभएको कुरा आयो, यसले अब उहाँ बेग्लै कोर्शमा जान खोजेको देखिन्छ । ”

प्रवक्ता ज्ञवालीले आजको घटनाक्रमपछि थप निर्णय हुने बताए ।

कार्यदलले तयार गरेको १० बुँदे प्रस्ताव अनुमोदन भइसकेकाले संस्थागत निर्णयविरुद्ध जानेलाई पार्टीले आवश्यक निर्णय गर्ने प्रवक्ता ज्ञवालीको भनाई छ ।

 



प्रतिक्रिया दिनुहोस !