७ आश्विन २०८१, सोमबार

जनता समाजवादी पार्टीका १९ जना सांसदले देउवालाई विश्वासको मत दिने

प्रकाशित मिति :  18 July, 2021 3:55 pm


काठमाडौं । जनता समाजवादी पार्टीका १९ जना सांसदले विश्वासको मत दिने भएका छन् ।

आज बसेको संसदीय दलको बैठकमा १९ जना उपस्थित भएका हुन् । जसपाका अध्यक्ष महन्थ ठाकुर पक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागि भएपछि उपेन्द्र यादव पक्षमा १२ जना मात्रै थिए ।

तर अहिले ७ जनाले ठाकुरको साथ छोडेको देखिएको छ । आज बसेको संसदीय दलको बैठकमा महेन्द्र राय यादव,डा.बाबुराम भट्टराई उपेन्द्र यादव,राजेन्द्र प्रसाद श्रेष्ठ,रेणुकुमार यादव,मृगेन्द्रकुमार सिंह यादव उपस्थित भएका छन् । यस्तै मोहम्मद इश्चियाक राई,प्रदीप यादव, रामसहायप्रसाद यादव, रामबाबुकुमार यादव, प्रमिला यादव, सुरेन्द्र यादव, सत्यनारायण यादवपनि बैठकमा सहभागि भएका छन् ।

डा. सूर्यनारायण यादव, लिललादवी सिटौला,नरमाया ढकाल, रानी मण्डल,रेणुका गुरुङ प्रमोद साह बैठकमा सहभागि थिए ।

मत हाल्न पाउने ३२ जना मध्य १९ जना उपेन्द्र यादवको पक्षमा देखिएका हुन् । यसले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत पाउन थप सजिलो भएको छ । यसअघि सर्वोच्च अदालतमा निवेदन दिँदा जसपाका १२ जनाको मात्रै हस्ताक्षर रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !