७ आश्विन २०८१, सोमबार

साझा उद्देश्यमा सहकार्य गर्न सबै राजनीतिक दलहरूलाई प्रधानमन्त्री देउवाको आग्रह

प्रकाशित मिति :  18 July, 2021 6:41 pm


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले साझा उद्देश्यमा सहकार्यका लागि सबै राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री देउवाले अझैपनि कतिपय विषयमा सबै दलको साझा उद्देश्य, साझा लक्ष्य र साझा गन्तब्य रहेको भन्दै सहकार्य गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले संघीयता गणतन्त्र, धर्मनिरपेक्षता, मुलुकको सार्वभौमिकता, स्वाभिमान, अखण्डता लगायतका विषय सबै दलको एउटै मान्यता रहेको बताए । उनले राजनीतिक दलहरू एकअर्काको शत्रु नभएको भन्दै साझा उद्देश्यका लागि सहकार्यका लागि आग्रह गरे ।

उनले भने,“राजनीतिक दलहरु एक अर्काका शत्रु होईनन्, साझा उद्देश्यका लागि साझा भावनासहित सहकार्य गरौं ।”

उनले अहिले मुलुक कोरोनाका कारण भयावह अवस्थामा रहेको भन्दै यसको रोकथामका लागि पनि कुनै कसर बाँकी नराख्ने बनाए ।



प्रतिक्रिया दिनुहोस !