७ आश्विन २०८१, सोमबार

जस्केलाबाट निर्दलीयता भित्राइयो : ज्ञवाली

प्रकाशित मिति :  18 July, 2021 7:01 pm


काठमाडौ । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले बहुदलभित्र निर्दलीयता भित्राएको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभामा विश्वासको मत लिने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमाथि धारणा राख्दै सर्वोच्च अदालतको फैसला मानेपनि जस्केलाबाट निर्दलीयताको भित्राइएको टिप्पणी गरे । ज्ञवालीले पाँच न्यायाधीसले देउवालाई प्रधानमन्त्री बनाएको बताए ।

उनले भने,“सम्मानित सर्वोच्च अदालतको फैसलालाई मान्छौं,पहिला श्री ५ बाट प्रधानमन्त्री हुनुभयो,अहिले पाँच जना श्रीमान्बाट देउवा हुनुभयो । ज्योतिषीले ७ पटक प्रधानमन्त्री हुने भनेको छ भन्नु भएको छ, हुनुपनि होला । ”

उनले ओली नेतृत्वको सरकारलाई जनताले सम्झिने बताए । उनले भने “खोप लगाउँदा हाम्रो सरकारलाई सम्झिनेछन्, सगरमाथाको उचाइ, लिम्पियाधुरालगायतको क्षेत्र जोडेर बनाइएको नक्शालाई सम्झेर जनताले सम्झिनेछन् ।”

ज्ञवालीले देशको जनताका लागि रचनात्मक प्रतिपक्षको रूपमा रहने बताउँदै भने,“ जहाँ विरोध गर्नुपर्छ त्यहाँ नेकपा एमाले त्यहाँ विरोध गर्छ र जहाँ समर्थन गर्नुपर्छ त्यहाँ समर्थन गर्नेछ ।”

 



प्रतिक्रिया दिनुहोस !