७ आश्विन २०८१, सोमबार

प्रधानमन्त्री देउवाद्वारा खोप केन्द्रको अनुगमन,सहज रुपमा लगाउने प्रबन्ध गर्न निर्देशन

प्रकाशित मिति :  19 July, 2021 11:35 am


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्रको अनुगमन गरेका छन् ।

प्रधानमन्त्री देउवाले आज नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौंको खोप केन्द्रको स्थलगत अनुगमन गरेका हुन् । प्रधानमन्त्री देउवाले आफ्नो सरकारको पहिलो प्राथमिकता सबैलाई कोरोना विरुद्धको खोप भएको भन्दै सहज रुपमा लगाउने प्रबन्ध गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले भनेका छन्,मेरो सरकारको प्राथमिकता सबैलाई कोरोना विरुद्धको खोप हो । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीको खोप केन्द्रको स्थलगत अनुगमन गरेको छु। खोप सहज रुपमा लगाउने प्रबन्ध गर्न निर्देशन पनि गरेको छु ।”

असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले संसदबाट हिजो मात्रै संसदबाट विश्वासको मत प्राप्त गरेका थिए । सरकारले आजदेखि जोन्सन एण्ड जोन्सन खोप लगाउन सुरु गरेको छ ।



प्रतिक्रिया दिनुहोस !