७ आश्विन २०८१, सोमबार

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्रीबीच टेलिफोन वार्ता,कोभिड विरुद्वको खोप छिटै आपूर्ति गर्ने आश्वासन

प्रकाशित मिति :  19 July, 2021 2:51 pm


फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरेका छन् ।

परराष्ट्र मन्त्रालयले दुई देशका समकक्षीबीच आज टेलिफोन वार्ता भएको जनाएको छ । मन्त्रालयले भनेको छ, “दुई देशका प्रधानमन्त्रीबीच दुईपक्षीय सम्बन्धलाई थप बलियो बनाउने विषयमा छलफल भएको छ ।”

भारतीय प्धानमन्त्रीले छिट्टै कोभिड भ्याक्सिन आपूर्ति गर्ने विश्वास दिलाएका मन्त्रालयले जनाएको छ । विश्वासको मत लिए लगत्तै भारतीय प्रधानमन्त्री मोदीले देउवालाई बधाई दिएका थिए । आज टेलिफोन संवाद भएको हो ।



प्रतिक्रिया दिनुहोस !