ठाकुर समूहको कार्यकारिणी समितिको बैठक
प्रकाशित मिति : 19 July, 2021 4:07 pm
काठमाडौ । जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहले बदलिँदो राजनीतिक परिस्थिति र पार्टीको विभाजसम्बन्धी आयोगमा चलिरहेका प्रक्रियालगायतको विषयमा छलफल सुरु गरेको छ ।
आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई सदनमा विश्वासको मत दिएको राजनीतिक विषय , विगतको राजनीतिक समीक्षा तथा आगामी कार्यदिशाबारे कार्यकारिणी समितिको बैठक भइरहेको सो पार्टीका नेताले जनाएका छन् ।