सिक्टा सिंचाइको बाँधमा माछा मार्न प्रतिबन्ध
प्रकाशित मिति : 19 July, 2021 5:03 pm
बाँके । सिक्टा सिंचाइ आयोजनाको बाँध क्षेत्रमा माछा मार्न प्रतिबन्ध लगाइएको छ । स्थानीय जलपर्यावरणको रक्षाको लागि यसो गरिएको हो ।
आयोजनाको अनुरोधमा सोमबार राप्ती सोनारी गाउँपालिकाले बाँधमा माछा मार्न प्रतिबन्ध गरेको सूचना जारी गरेको हो ।
गाउँ पालिकाका अनुसार बाँकेको अगैयास्थित बाँध क्षेत्र भन्दा माथि झोलुुङ्गे पुलसम्म र बाँध भन्दा तल ५ सय मिटरसम्म माछा मार्न पाइने छैन ।