९ माघ २०८१, बुधबार

अर्घाखाँची जिल्ला अदालतमा लक्ष्य भन्दा धेरै मुद्दा टुंगियो

प्रकाशित मिति :  19 July, 2021 6:40 pm


अर्घाखाँची । जिल्ला अदालत अर्घाखाँचीले लक्ष्य भन्दा बढी मुद्दा फछ्र्याैट गरेको छ ।

आर्थिक बर्ष २०७७/७८ बार्षिक समिक्षा गोष्ठीमा जिल्ला अदालतका श्रेस्तदार महेश खनालले जिल्ला अदालत अर्घाखाँची प्रदेशमै उत्कृष्ट बनेको बताए ।

आर्थिक वर्ष २०७७/०७८ मा लुम्बिनी प्रदेशका सबै अदालतहरू मध्ये सबैभन्दा धेरै मुद्दा फछ्र्यौट गरि उत्कृष्ट बन्न सफल भएको खनालको भनाई छ ।

अघिल्लो वर्षका १४९ थान र यस आर्थिक वर्षमा दर्ता भएका २८० थान गरी ४३० थान मुद्दा रहेकोमा यस आर्थिक वर्षमा ३०५ थान मुद्दा फछ्र्यौट भएको अदालतले जानकारी दिएको छ ।

यो कुल मुद्दाको ७०.९३ प्रतिशत हो भने अर्घाखाँची जिल्ला अदालतमा अब फछ्यौट हुन बाँकी मुद्दा १२५ थान मात्र रहेका छन् । यो आर्थिक वर्षमा ३ सय मुद्दा फैसला गर्ने लक्ष्य राखेकोमा लक्ष्यभन्दा बढी ३०५ थान अर्थात लक्ष्यको तुलनामा १०१.६६ प्रतिशत मुद्दा फछ्यौट गरेको जिल्ला न्यायाधिश बासुदेव न्यौपानेले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !