७ आश्विन २०८१, सोमबार

साउन ६ गते सार्वजनिक विदा, ११ देशका राजदूत नियुक्ति खारेज

प्रकाशित मिति :  19 July, 2021 6:54 pm


काठमाडौं । सरकारले बकर इदका अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले मुस्लिम समूदायको चाड बकर इदमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यस्तै बैठकले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नियुक्त गरेका ११ देशका राजदूत नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । ओली नेतृत्वको सरकारले जेठ १ गते विभिन्न ११ देशमा राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो ।

साथै सरकारले नेपाललाई खोप सहायता उपलब्ध गराउने मुलुकहरुलाई धन्यवाद दिँदै थप खोप सहायताका लागि खोप उत्पादक मुलुकहरूलाई आग्रहसमेत गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई बढुवा गर्ने निर्णय गरिएको उनले जानकारी    दिए ।



प्रतिक्रिया दिनुहोस !