७ आश्विन २०८१, सोमबार

४ वटा प्रदेशमा भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन आग्रह

प्रकाशित मिति :  20 July, 2021 7:31 am


काठमाडौं । बाग्मती, गण्डकी , लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यि क्षेत्रहरूमा रहेको हुनाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बाग्मती,गण्डकी, लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित भारी / धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राती पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित भारी /धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !