७ आश्विन २०८१, सोमबार

साझा कार्यक्रम तय गरी सरकार सञ्चालनमा देउवा सहमत

प्रकाशित मिति :  20 July, 2021 12:21 pm


काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना सहयोगी दलका नेताहरूसँगको छलफल पछि साझा कार्यक्रम तय गरी सरकार सञ्चालन गर्ने विषयमा सहमति जनाएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग मंगलबार बिहान भएको छलफलमा देउवाले मिलेर बनाइएका कार्यक्रमलाई अगाडि बढाउन सहमति जनाएका हुन् ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले असंवैधानिक ढंगले गरेका सबै नियुक्तिहरू खारेज गर्ने सहमति भएको छ ।

साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्नेबारेमा छलफल भएको सम्बद्ध स्रोतले जनाएको छ ।

बालुवाटारमा देउवासँग भेटनु अघि प्रचण्डले कोटेश्वर पुगेर एमाले बरिष्ठ नेता माधवकुमाार नेपालसँग भेटेका थिए ।

ओली सरकारले पछिल्लो समय असंवैधानिक ढंगले ३ दर्जन जति नियुक्तिहरू गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !