५ आश्विन २०८१, शनिबार

फोन ह्याकिङ गरी जासुसी गरिएको विषयमा भारतीय संसद स्थगित

प्रकाशित मिति :  20 July, 2021 1:58 pm


काठमाडौ । भारतको संसद लोकसभाको मनसून सत्रको दोस्रो दिन मंगलबार जासुसी विषयलाई लिएर होहल्ला भएपछि २ बजेसम्मका लाागि स्थगित गरिएको छ ।

सदनको कार्यवाही सुरु गर्न अघि भाजपा संसदीय दलको बैठक बसेको छ । बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदीले पार्टीका नेताहरूसँग सत्यलाई जनतासमक्ष पटक पटक पु¥याउन आग्रह गरे ।

उनले कांग्रेस सबै ठाउँ समाप्त भइरहेको छ तर उसलाई आफ्नो हाम्रो चिन्ता बढी रहेको बताए ।

फोन ह्याकिङसम्बन्धी पेगासस प्रोजेक्टबारे मिडियामा आएको रिपोर्टका आधारमा भारतका प्रतिपक्षी दलका नेता राहुल गान्धी, सांसद, मन्त्री, ठूला मिडियाका पत्रकारहरूको फोनबाट जासुसी गरिएको विषयमा जानकारी दिन सरकारसँग माग गरिएको छ ।

सोही विषयलाई लिएर मंगलबार होहल्ला भएपछि सदन स्थगित गरिएको हो ।

भारतमा मोदी सरकारले शंका लागेका व्यक्तिहरूको जासुसी गराएको आरोप लगााइएको छ ।



प्रतिक्रिया दिनुहोस !