१२ मंसिर २०८१, बुधबार

तेह्रथुम पावर कम्पनीको आईपिओ आजदेखि विक्री खुल्ला

प्रकाशित मिति :  20 July, 2021 2:30 pm


काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले मंगलबार (आज) बाट आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ बिक्री खुल्ला गरेको हो ।

कम्पनीले तेह्रथुम जिल्लाका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ४ लाख कित्ता आइपिओ निष्काशन गरेको हो ।
सो सेयर खरिदका लागि लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा छिटोमा साउन १९ गतेसम्म र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिने छ । उक्त आईपीओमा लगानीकर्ताले माछापुच्छ्रे बैंकको हिले, धनकुटा शाखा कार्यालय, नेपाल बङ्गलादेश बैंकको सक्रान्ती, फेदाप, छथर, सिधुवा, साँगुरीगढी र राजारानी शाखा कार्यालय, ग्लोबल आइएमई बैंकको जिरि खिम्ती शाखा, म्याङलुङ, तेह्रथुम र जलविद्युत आयोजना स्थल मेन्छ्यायेमा गाउँपालिका, तेह्रथुमबाट आवेदन दिन सक्नेछन् । ।

कम्पनीको उक्त आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहने इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।



प्रतिक्रिया दिनुहोस !