११ कार्तिक २०८१, आइतबार

बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान् पक्राउ

प्रकाशित मिति :  20 July, 2021 3:30 pm


ऐजेन्सी। अश्लिल चलचित्र निर्माण गरेको अभियोगमा बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान् पक्राउ परेका छन् ।

व्यापारीसमेत रहेका राज कुन्द्रालाई पोर्नोग्राफिक (अश्लिल चलचित्र) बनाएको र तिनलाई विभिन्न एपहरूबाट सार्वजनिक गरेको आरोपमा प्रहरीले सोमबार पक्राउ गरेको हो।

यस घटनापछि बलिउड उद्योगमा पुनः हलचल आएको छ ।

गत फेब्रुअरीमा दर्ता भएको एउटा उजुरीको अनुसन्धानका क्रममा कुन्द्राको सहभागिता देखिएपछि उनलाई पक्राउ गरिएको हो। अश्लिल चलचित्र निर्माणमा मुख्य आरोपीका रुपमा उनीमाथि मंगलबार मुद्दा दर्ता गरिने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रहरीले राज कुन्द्राविरुद्ध प्रशस्त प्रमाण भएको प्रहरीले उल्लेख गरेको छ । शिल्पा शेट्टी र राज कुन्द्राले भने पक्राउबारे कुनै प्रतिक्रिया जनाएका छैनन्।

सन् १९७५ को सेप्टेम्बर ९ तारिखमा मुम्बईमा जन्मिएका राज कुन्द्रा पेशाले व्यवसायी हुन् । कुन्द्राले सन् २००३ मा कविता कुन्द्रासँग विवाह गरेका थिए। तर, उनीहरुको वैवाहिक सम्बन्ध लामो समय टिक्न सकेन र सन् २००६ मा उनीहरुकोसम्बन्धविच्छेद भयो ।

त्यसपछि राजले बलिउड अभिनेत्री शिल्पासँग सन् २००९ मा विवाह गरेका थिए।

 

 



प्रतिक्रिया दिनुहोस !