७ आश्विन २०८१, सोमबार

महतोको चलखेलले असफल भएका ठाकुरलाई आत्ममन्थनमा पुर्‍यायो

प्रकाशित मिति :  20 July, 2021 3:51 pm


काठमाडौ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई नेता राजेन्द्र महतोको चलखेल र पार्टीमै रहेका सम्धी उमाकान्त झाको मायाले उचित राजनीतिक कदम चाल्न नसक्दा पछिल्लो राजनीतिक कदमको असफलता पछि आत्ममन्थनमा पुर्‍याएको पार्टीका नेताहरूले बताएका छन् ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको समर्थन आफूतिर ल्याए नेता महतो र झालाई अख्तियारको अनुसन्धानबाट जोगाउने प्रयास गर्ने नभए अख्तियारलाई उक्साउन लगाउने गरी थर्काएका थिए । साथै महतोलाई चुनावमा जिताउन ओलीले गरेको सहयोगका लाागि प्रयोग गरेका थिए ।

महतो सदभावना पार्टी आनन्दी देवीको पार्टीलाई कब्जा गर्न भरमग्दुर प्रयास गर्ने व्यक्ति महतो भएकोले सोही चलखेल ठाकुरलाई फकाउन गरेका थिए । महतोको चलखेलमा उनका सम्धीको पनि साथ सहयोग भएकाले ठाकुर ओलीलाई समर्थन गर्न पुगेका थिए ।

यसका अतिरिक्त भारतीय राजदूतावासका अधिकारीहरूको दबाब पनि ठाकुरमाथि रहेको ती दलका नेताहरूले जनाएका छन् ।

जसपा फुटाउनसम्मको चलखेलमा महतो अग्रपंक्तिमा रहेकोले उनलाई तहलगाउन नसके देउवालाई मतदान गर्ने निर्णय गरी बाटो सुधार गर्न गरेको पहलबाट पार्टी एक हुन सक्ने प्रयासमा रहेका नेताहरूको भनाइ रहेको छ ।

सर्वोच्चले प्रतिनिधि सभा विघटनलाई बदर गरेदेखि ठाकुर पक्षका सांसद तथा कार्यकारिणी समितिका सदस्यहरू यादवको पक्षमा जान थालेका थिए ।

अहिले यादव पक्षमा ३२ जना सांसदमा२० बढी पुगेको पार्टीका नेताहरू बताइरहेका छन् । ५१ सदस्य कार्यकारिणी समितिमाा ३२ बढी सदस्य यादव पक्षमा पुगेका छन् ।

यसो हुनुमाा महतोको चलखेल कारण भएको बताउने स्रोतको भनाइलाई पार्टीका नेता सत्यनारायण मण्डलले फेसबुकमा गरेको पोस्टले पनि पुस्टि गरेको छ ।

मेरो भनाइ पत्यार नलागे मण्डलजीले गरेको पोस्ट हेर्नुस भनी उनले बताए पछि मण्डलको पोस्टमा यस्तो लेखिएको छ – श्रद्धेय स्वर्गीय गजेन्द्रनारायण सिंहद्वारा स्थापित नेपाल सदभावना पार्टीलाई केही भ्रष्टाचारी, जातिवाद र नातावादमा रमाउने नेताहरूले ध्वस्त गरेझै जनता समाजवादी पार्टीलाई पनि विभाजित गरी ध्वस्त बनाउन उद्वेलित छन् । बहिष्कार गरौं ।”

मण्डलको फेसबुक पोस्टले ठाकुरलाई बर्गल्याउने नेताहरूमा राजेन्द्र महतो र अनिलकुमार झा होइनन र ? स्रोतले प्रतिप्रश्न ग-यो ।

पार्टीका अर्का अध्यक्ष उपेन्द्रले जसपा पार्टीको एकीकरणका लागि सर्तले पनि त्यही संकेत गरेको छ । यादवले पूर्व राष्ट्रिय जनता पार्टीमा मान्ने नेताको रूपमा ठाकुरलाई मानेका थिए । अहिले पूर्व राजपाका दुई नेता बाहेक ठाकुर निकट नरहेको उनको भनाइ छ । महतो र झा बाहेक अहिले ठाकुरको पक्षमा कोही नरहेकोले उनी आत्ममन्थनमा पुगेको स्रोतले बतायो ।

हुनत ठाकुरले राजनीतिकरूपमा जसले मधेशको मुद्दामा सहयोग गर्छ त्यसलाई सहयोग गर्ने नीतिका कारण यसअघि ओलीलाई सहयोग गरेको अहिले देउवालाई गरेको राजनीतिक लाइन आफैमा गलत नभएको भएपनि एकपटक ओलीले प्रतिगमन गरेको भनिसकेपछि सच्चिन अघि नै समर्थन गर्न जानु गलत भएको स्रोतको भनाइ रहेको छ ।



प्रतिक्रिया दिनुहोस !