७ आश्विन २०८१, सोमबार

नेपाली जनप्रगतिशिल मोर्चा साउदीको पाचौं अधिवेशन सम्पन्न, भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति

प्रकाशित मिति :  21 July, 2021 11:30 am


काठमाडौं । नेपाली जनप्रगतिशिल मोर्चा साउदीको पाचौं अधिवेशनले १५ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति चयन गरेको छ ।

भर्चुअल माध्यमबाट भएको अधिवेशनले तोयाराज भट्टको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन गरेको हो । कार्य समितिको उपाध्यक्षमा माधव घिमिरे,महासचिव कैलाश मैनाली, सचिव पर्शुराम घर्ती,कोषाध्यक्ष तोयाराज भट्ट रहेका छन् ।

मोर्चा केन्द्रीय संस्कृति विभाग इन्चार्जमा इन्द्र विक र सदस्यहरूमा आर. जिएम,मनोज पटेल,दल बहादुर,तिलक पुन,घमर मगर हरिचन्द्र झाक्री,कमल थापा,देबु तमाङ,शुभास मगर रहेका छन् ।

तोया भट्ट सभापति रहेको अधिवेशनले तिर्थ पाख्रीन ’प्रेम’को नेतृत्वमा पाँच सदस्य सल्लाहकार समिति पनि चयन गरेको छ । पाख्रिन संयोजक रहेको सल्लाहकार समिति सदस्यमा सेते घर्ती,‘कसम’, युवराज कार्की ‘शेखर’, टिकाराम ओली ’सुरेस’ र बिपिन निरौला रहेका छन् । त्यस्तै सल्लाहकार समितिहरूका सदस्यहरूको पनि कार्यविभाजन गरिएको छ ।

संयोजक तिर्थ पाख्रीनलाई राजनैतिक तथा संगठनिक पार्टी सम्पर्कको लागि जिम्मेवारी तोकिएको छ भने मोर्चाको आर्थिक विभागको संरक्षक तथा सल्लाहकार सेते घर्त र बिपिन निरौलालाई जिम्मेवारी दिइएको छ ।



प्रतिक्रिया दिनुहोस !