७ आश्विन २०८१, सोमबार

स्विटजरल्यान्डकी राजदूत एलिजावेथ र जसपा अध्यक्ष यादव भेटवार्ता

प्रकाशित मिति :  21 July, 2021 1:13 pm


काठमाडौ । नेपालका लागि स्विटजरल्यान्डकी राजदूत एलिजावेथ वान क्यापेलरले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेकी छिन् ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवसँग बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बुधबार दिउँसो दुई पक्ष बिच भेटघाट भयो ।

राजनीतिको पछिल्लो अवस्था लगायत नेपालको समसामयिक राजनीतिक विकासक्रम बारे छलफल भएको यादवको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !